देउसीभैलो खेलेको रकमबाट सडक बत्ती जडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    देउसीभैलो खेलेको रकमबाट सडक बत्ती जडान

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७८, बिहीबार

    दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित पसले युवा क्लवले देउसीभैलो खेलेर संकलन गरेको रकमबाट सडक बत्ती जडान गरेको छ । देउसीभैलो खेलेर संकलन भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्य सहित क्लवले सडक बत्ती जडान गरेको हो ।

    क्लवका अध्यक्ष आशिष श्रेष्ठले तीन ठाउँमा नयाँ बत्ती जडान गरिएको र ६ ठाउँमा मर्मत गरिएको जानकारी दिए । उनका अनुसार सडक बत्ती जडान र मर्मतमा करिब चार हजार खर्च भएको छ । क्लवले विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।