के भन्छन् तनहुँ नयॉ एसपी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    के भन्छन् तनहुँ नयॉ एसपी ?

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७८, शुक्रबार

    दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीले प्रहरी कार्यालयबाट प्रदान गरिने सूचनालाई पारदर्शी र प्रभावकारी बनाउने बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकारसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी रेग्मीले सुचना सम्प्रेषणको कार्यलाई प्रभावकारी बनाईने बताए ।

    गत साता सरुवा भएर तनहुँ प्रहरी प्रमुखको रुपमा आएका रेग्मीले जिल्लामा अपराध अनुसन्धानको कार्यलाई थप प्रभावकारी बनाउन पत्रकारको भुमिका महत्त्वपूर्ण हुने बताए । पत्रकारले पनि अपराध सम्बन्धि समाचारमा हतार नगर्न र प्रहरीको आधिकारिक श्रोतको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

    प्रहरी नायब उपरिक्षक युवराज खड्काले एकद्वार मार्फत प्रहरी कार्यालयबाट सन्चारकर्मीलाई सुचना सम्प्रेषण गरिने बताए । सार्वजनिक गर्न मिल्ने सूचनाहरु प्रहरीबाट सम्प्रेषण हुने र कुनै महत्त्वपूर्ण सुचनाहरु सार्वजनिक गर्न पत्रकारले पनि प्रहरीलाई दवाव दिन नहुने बताए । डिएसपी खड्का पनि हालै मात्रै सरुवा भएर आएका थिए ।
    सो क्रममा पत्रकारहरुले समयमै सुचना सम्प्रेषण गर्न प्रहरी प्रमुख रेग्मी र डिएसपी खड्कालाई अनुरोध गरेका थिए ।