कांग्रेस गण्डकी : तनहुँका यी हुन् विजयी सदस्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस गण्डकी : तनहुँका यी हुन् विजयी सदस्य

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७८, आईतवार

    दमौली : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको मतगणना सकिएको छ । शनिबार सुरु भई आइतबार सॉझ सकिएको मतगणना अनुसार तनहुँका विभिन्न उम्मेदवार विजयी भएका छन् केही पराजित भएका छन् ।

    गण्डकी प्रदेश सांसद सरिता गुरुङ सदस्य पदमा निर्वाचित भएकी छन् । जनजातितर्फ उनले ५८९ मत प्राप्त गरेकी छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले खसआर्यबाट निर्वाचित भएका छन् । उनले ५२१ मत प्राप्त गरेका छन् ।

    प्रदेशभित्रका प्रदेशसभातर्फबाट हरिदत्त पौडेल ४३९ मत र कर्णबहादुर गुरुङ ५४० मत प्राप्त गरी विजय भएका छन् भने सुरेश भट्टराई ३६३ मत प्राप्त गरी पराजित भएका छन् । महिलातर्फ पवित्रा गौली ८१६ मत प्राप्त गरी विजयी भएकी छन् ।

    दलिततर्फ चन्द्रमाया परियार ६०९ मत प्राप्त गरी विजयी भएकी छन् ।

    भानु नगरपालिकाकी उपप्रमुख आशा थापा सदस्यमा पराजित भएकी छन् । उनले ४७३ मत प्राप्त गरिन् । खस आर्यतर्फ महेश्वर भट्टराई ४१३ मत प्राप्त गरी पराजित भए।