मादी नदीमा एकै दिन ३५ सय भन्दा बढीद्वारा जलविहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीमा एकै दिन ३५ सय भन्दा बढीद्वारा जलविहार

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०७८, मंगलवार

    दमाैली । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको पाँचौ दिन मंगलबार ३ हजार ५ सय भन्दा बढी व्यक्तिले मादी नदीमा र्याफ्टिङ गरेका छन । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले मंगलबार मात्रै ३ हजार ५ सय भन्दा बढीले मादी नदीमा र्याफ्टिङ गरेको बताए ।

    महोत्सव अवलोकन गर्न आउने दर्शकले डुंगा चढेर आउने जाने गरेको जानकारी उनले दिए । उक्त दिन ५ हजार भन्दा बढीले महोत्सवको अवलोकन गरेको दावी थापाले गरे । मंगलबार होटल र कपडाका स्टलहरुमा दर्शकको दिनभर घुइचो लागेको महोत्सवका संयोजक पवन चुमी थापा मगरले बताए ।

    आदिवासी बोटे जातिको आकर्षण घर, च्याउको मःमः, बोटे हरुले निर्माण गरेको बाँसको अस्थायी पुल, जनजातिहरुको आकर्षक झाँकी, विज्ञान प्रदर्शनी, विद्यालय नृत्य प्रतियोगिता महोत्सवको आकर्षण रहेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । रमाइलो मेला र स्टेचको कार्यक्रमबाट समेत दर्शकहरु त्यति नै आकर्षण भएको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।

    एलिना चौहानको पपगीतमा दर्शकको वान्स मोर

    प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको पाँचौ दिन चर्चित लोक पप गायिका एलिना चौहानले दर्शकहरुलाई तताएकी छन । उनको पपगीतमा दर्शकको वान्स मोर गुन्जिएको थियो । उक्त दिन गायकहरु कृष्ण सुवेदी, संजीव राना मगर, सद्दान हुसेन, सुभद्रा श्रेष्ठ, लगायतकाले गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको पाटन युवा क्लबका अध्यक्ष अमर थापा मगरले बताए ।

    महोत्सवमा भोलि प्रमोदले तताउने

    बुधबार प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवमा चर्चित गायक प्रमोद खरेलले महोत्सव स्थल तताउने भएका छन । प्रमोद खरेल, पोख्रेली गायिका टिना थापा, लगायतका कलाकारहरुले महोत्सव स्थल तताउने महोत्सवका संयोजक पवन चुमी थापा मगरले बताए । बुधबारको उद्घोष दुर्गा भण्डारीले गर्नेछिन । राष्ट्रिय कलाकार सँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । गाउँ गाउँबाट महोत्सव हेर्न आउने दर्शकको संख्या समेत बढिरहेको बताइएको छ ।