कोरोना सङ्क्रमण पुष्टि भएपछि भानु मावि बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    कोरोना सङ्क्रमण पुष्टि भएपछि भानु मावि बन्द

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बिहीबार

    बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गराइएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र सात जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो ।

    कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा पुस ७ गतेसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । साथै अन्य विद्यालयलाई समेत पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्न, शैक्षिक भ्रमण, वार्षिकोत्सव लगायतका उच्च सङ्ख्यामा भौतिक उपस्थिति हुने कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको थापाले बताए ।