‘तालिम लिएपछि व्यवसायिक बन्नुहोस्’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘तालिम लिएपछि व्यवसायिक बन्नुहोस्’

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बिहीबार

    दुलेगौँडा : गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले तालिममा सिकेको सिपलाई सदुपयोग गर्दै व्यवसायिक बन्न आग्रह गरेकी छन् । तालिमका लागि मात्रै तालिम नलिन उनको सुझाव छ । ‘काम नगर्ने भएपछि तालिम नलिनुहोला । जसलाई आवश्यक छ र सदुपयोग गर्न सक्नुहुन्छ उसैले मात्र लिनुस’, उनले भनिन् ।

    वडास्तरीय महिला सञ्जाल शुक्लागण्डकी नगरपालिका–५ ले आयोजना गरेको तालिम प्राप्त सहभागी र सरोकारवालाबिचको अन्तरक्रियामा बोल्दै पुर्व मन्त्री समेत रहेकी कोईरालाले तालिम लिनुपुर्व तालिममा सिकेको सिप प्रयोग गर्न सकिन्छ कि सकिदैन भनेर तालिमको बारेमा जानकारी लिनुपर्ने बताईन् । उनले भनिन्, ‘जुन सामान उत्पादन गर्न सकिन्छ र बजारमा माग छ त्यस्ता तालिममा सहभागी हुनुहोला । व्यवसायिक बन्न सक्ने भएमा मात्र तालिम लिनुपर्छ ।’

    तालिम लिएर व्यवसायिक भएमा मात्र राज्यले गरेको लगानीको सही सदुपयोग हुने कोईरालाको भनाई छ । योजना बन्ने र कार्यन्वयन नहुने प्रवृत्तिले मुलुकले फड्को मार्न नसकेको उनले टिप्पणी थियो ।

    शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने बताए । ‘हामीकहाँ तालिम लिन चाहाने तर समय नदिने प्रवृत्ति छ’, उनले भने ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ महिला उद्यमी समिति अध्यक्ष कल्पना गौलीले सहभागीलाई प्रशिक्षण दिएकी हुन् । सहभागी अधिकांश झोला बुन्ने, अचार बनाउने, सिलाईकटाई तालिम लिएकाहरु थिए । उनीहरुलाई कसरी उद्यमी बन्ने बारमो गौलीले सहजीकरण गरेकी थिईन् । उद्यमी बन्नलाई संघर्ष गर्नुपर्ने गौलीको भनाई छ ।