म्याग्दे र शुक्ला जोड्ने खोलामा पक्की पुल शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे र शुक्ला जोड्ने खोलामा पक्की पुल शिलान्यास

    खबरपुञ्ज संवाददाता

    १ पुष २०७८, शुक्रबार

    दुलेगौडा । तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्न मितेरीखोलामा पक्की पुल निर्माण शुरु भएको हो ।

    उक्त पुलको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा शिलान्यास गरे छ । दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो ।

    विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । कर सहित रु एक करोड ४० लाख ४३ हजार एक सय ४५ मा पुल निर्माणको ठेक्का लागेको छ ।

    पुल निर्माणका लागि दुवै पालिकाले रु ७० लाख २१ हजार पाँच सय ७२ लगानी गर्नेछन् । पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले रु ५० लाख सहयोग गरिसकेको छ । पुल नहुँदा यहाँका वासिन्दालाई वारपार गर्न समस्या हुँदै आएको थियो ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यस ठाउँमा पुल निर्माण अति आवश्यक देखिएपछि दुवै पालिकाले सहकार्य गरेको बताए ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष रानाले प्राथमिकताका आधारमा गाउँपालिकाले विकास निर्माणका कामलाई तीव्रता दिएको बताए ।