काठमाडौं । सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको स्रोतले जानकारी दियाे ।
यही पुस २३ गते ३ वर्षे सेवा अधविका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय सरकारले गरेको हो।
उनले आगामी ९ महिनासम्म गुप्तचर प्रमुखको नेतृत्व सम्हाल्न पाउने छन्। खरेलसँगै एआई अर्थात अतिरिक्त अनुसन्धान निर्देशकको रुपमा यादव प्रसाद रेग्मी थिए। उनीहरु दुई गुप्तचर प्रमुख बन्ने प्रतिस्पर्धामा थिए।