दमौली । दमौलीमा रहेका लायन्सका पॉच र लियोका तीन क्लवको एकैसाथ पदस्थापन गरिएको छ। वर्ष २०२१/२२ का लागि ती क्लवका पदाधिकारी तथा सदस्यले पदस्थापन गरेका हुन् ।
लायन्स क्लव अफ तनहुँका अध्यक्ष कृष्णहरि गैह्रे, लायन्स क्लव अफ व्याससिटीका अध्यक्ष प्रदीप मल्ल, लायन्स क्लव अफ भानुभक्तका अध्यक्ष आलोक कुमाल, लायन्स क्लव अफ सत्यवतीका अध्यक्ष विमला श्रेष्ठ र लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजु रानाले पदस्थापन गरेका छन् ।
त्यस्तै लियो क्लव अफ तनहुँका अध्यक्ष सुनिल मिश्र र लियो क्लव अफ सत्यवती र निर्मल अल्फाका अध्यक्षले पनि सोही अवसरमा पदस्थापन गरेका छन्।
उनीहरुलाई लायन्स क्लव ३२५ वि १ का डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले पदस्थापन गराएका थिए । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, पूर्व गभर्नर अशोककुमार श्रेष्ठ लगायतले सामाजिक काममा लायन्सको महत्वपूर्ण भूमिका रहेको बताए।