दमाैली । व्यास नगरपालिकाले २० हजारलाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाउने भएको छ । पहिलो मात्रा भेरोसेल र एष्ट्राजेनका लगाएका नागरिकलाई नगरपालिकाले दोस्रो मात्राको खोप लगाउन लागेको हो ।
पुस २५ गतेदेखि २९ गतेसम्म १४ वटै वडाका स्वास्थ्य संस्थामार्फत् खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । नगरक्षेत्रभित्र बसोबास गर्ने अधिकांश नागरिकले कोरोना विरुद्धको खोप लगाएकाले निकट भविष्यमा नै नगरलाई खोपयुक्त नगर घोषणा गर्ने तयारी गरिएको सोतीले जानकारी दिए ।