काठमाडौं । महानगरीय ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले पाएका छन्। प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा रहेका जोशीलाई ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको हो।
गृहमन्त्रीस्तरको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका २६ जना एसएसपीहरुको सरुवा गरिएको हो। यसअघि तनहुँ प्रहरी प्रमुख समेत भइसकेका जोशी अब्बल प्रहरीको रुपमा परिचित छन् ।