दमौली। नेकपा एमाले तनहुँको अधिवेशन शुक्रबारदेखि दमौलीमा सुरु हुँदैछ। २०६९ चैतमा आठौ अधिवेशन गरेको एमालेले आठ वर्षपछि अधिवेशन गर्न लागेको हो ।
जिल्ला अधिवेशनलाई एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले सम्बोधन गर्नेछन । दमौलीस्थित खुल्ला मैदानमा उदघाटन हुने अधिवेशनको बन्दसत्र पनि आजै बेलुकाबाट सुरु हुनेछ ।
अधिवेशनबाट नयॉ नेतृत्व चयन हुनेछ। जिल्ला अध्यक्षमा हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित हुने निश्चित छ । अध्यक्ष केदार सिग्देलले नेतृत्वमा नदोहोरिने बताएकाले श्रेष्ठको विकल्प नभएको बताइएको छ ।
उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापाको दावी छ । सचिवमा हालका कार्यवाहक सचिव विष्णुभक्त सिग्देल र सचिवालय सदस्य राजेश्वर ढकालको दावी छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल लगायतको दावी छ।