दमौली । नेकपा एमाले तनहुँको सदस्यमा व्यास नगरपालिकाबाट सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन प्रकृया अन्तरगत आइतबार जिल्ला सदस्यमा सात जना सर्वसम्मत निर्वाचित भएका हुन् ।
प्रकाशचन्द्र भट्टराई, इश्वर बहादुर विष्ट, अर्जुन नागिला, वमबहादुर थापा र प्रेमप्रसाद पौडेल (व्यास५) र महिला तर्फ बेदकला वाग्ले र बिन्दु बस्नेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एमाले जिल्ला सदस्यका लागि प्रत्येक नगरपालिकाबाट पॉच खुल्ला र दुई महिला, गाउँपालिकाबाट तीन खुल्ला र दुई महिला सदस्य निर्वाचित हुने व्यवस्था छ ।