फेरि मागियो सुकुम्बासीसँग निवेदन, तनहुँमा शुक्लागण्डकी पहिलो चरणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फेरि मागियो सुकुम्बासीसँग निवेदन, तनहुँमा शुक्लागण्डकी पहिलो चरणमा

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७८, आईतवार

    दुलेगौडा । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो ।

    ‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति २०७८ माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेस गर्नुहुन र आफूले आवाद कमोत गरेको जग्गाको नापनक्सा सम्बन्धित नापी टोली खटिएपश्चात गराउन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ’, जारी सूचनामा उल्लेख छ ।

    पहिलो चरणमा २७ जिल्लाका ६८ स्थानीय तहका भूमिहीन सुकुम्बासीलाई निवेदन दिन आयोगले भनेको हो । आयोगले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पहिलो प्राथमिकता दिएको छ ।

    शुक्लागण्डकीका विभिन्न वडामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बाक्लो उपस्थिति छ। यहॉका सुकुम्बासीले पटक-पटक फारम भरेपनि लालपूर्जा पाउन सकेका छैनन् ।