दमौली । नेकपा एमाले तनहुँको उपाध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणना अनुसार ३६४ मत प्राप्त गरी कंडेल उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी भिमाद नगरपालिकाका मेयर समेत रहेका मेखबहादुर थापाले १६८ मत प्राप्त गरेका छन् ।
सचिवमा राजेश्वर ढकाल ३२० मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २१९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ५५६ मत खसेको थियो । उपाध्यक्षमा २४ मत बदर भएको छ । सचिवमा भने १७ मत बदर भएको थियो ।
एमालेको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भइसकेका थिए । उपसचिवमा पनि प्रदीपराज अधिकारी र खिम कुमाल सर्वसम्मत निर्वाचित भएका छन् ।