तनहुँमा पहिलाे पटक गाेरु जुधाइ हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पहिलाे पटक गाेरु जुधाइ हुँदै

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७८, सोमबार

    दमाैली । तनहुँमा पहिलाे पटक गाेरु जुधाइ प्रतियाेगिता हुने भएकाे छ । माघे सङ्क्रान्ति पर्वकाे अवसर पारेर बन्दीपुर गाउँपालिका-२ कुकुर्दीमा गाेरु जुधाइ प्रतियाेगिता हुन लागेकाे हाे ।

    नेपाल तरुण दल बन्दीपुर-२ काे आयाेजनामा माघे सङ्क्रान्तिकाे अवसर पारेर प्रतियाेगिता हुन लागेकाे काङ्ग्रेस वडा सभापति नारायण खड्काले बताए ।

    स्थानीय कृषकहरुलाई गोरु पाल्न र पशुवस्तुलाई आहार विहारमा मानिसको अझ बढी ध्यान पुगोस् भन्ने उद्धेश्यले प्रतियाेगिता गर्न लागिएकाे हाे ।

    प्रतियाेगितामा करिब २० हल गोरु जुधाईने छ भने प्रथम हुनेलाई १५ हजार र द्वितीय हुनेलाई ७ हजारको पुरस्कारको व्यवस्था गरिएकाे छ ।