दमाैली । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सहयोग गर्न सबै पक्षलाई जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले ओमिक्रोन नियन्त्रणका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको हो ।
विश्वमा फैलिरहेको कोरोना भाइरसको तेस्रो लहर नेपालमा पनि देखा परेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २६ को सूचना अनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई तनहुँमा पनि कार्यान्वयन गरिने अर्यालले बताए ।
“कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, सबैले सचेतना अपनाएर कोरोना नियन्त्रणमा जुट्नुपर्छ,” अर्यालले भने ।