प्रेस चौतारी क्रियाशील पुरस्कारबाट दुई पत्रकार पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी क्रियाशील पुरस्कारबाट दुई पत्रकार पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७८, बुधबार

    दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका दुई पुरस्कार पुरस्कृत भएका छन् । उक्त पुरस्कारबाच प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य बसन्ती बास्तोला पुरस्कृत भएका हुन् ।

    शाखाको आज आयोजित नवौं अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरे ।

    पुरस्कारको राशी जनही रु दश हजार रहेको छ । विविध कारणले गत वर्षदेखि नियमित हुन नसकेकाले यस पटक दुवै जनालाई उक्त पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

    प्रेस चौतारीले भाग्यले बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट अधिवेशनका अवसरमा प्रत्येक एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

    सोही अवसरमा शाखाका पूर्व अध्यक्षहरु शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल र त्रिभुवन श्रेष्ठलाई सम्मान गरिएको छ । शाखाको स्थापनाकालदेखि पुर्याएको योगदानको कदर गर्दै पूर्व अध्यक्षलाई सम्मान गरिएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।