वडा सदस्य थापाद्वारा अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    वडा सदस्य थापाद्वारा अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७८, बिहीबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–६ का वडा सदस्य बुद्धिबहादुर थापाले एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गरेका छन् । थापाले शुक्लागण्डकी नगरपालिका–५ बरभञ्जयाङमा रहेको कुमारी प्राविमा उक्त रकमको अक्षयकोष खडा गरेका हुन् ।

    विद्यालयको ४४ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवसको अवसर पारेर उनले बुबा पदमबहादुर थापा र आमा उजेली र मिश्रीमाया थापाको सम्मानर्थ अक्षयकोष स्थाना गरेका हुन् । अक्षयकोषको व्याजबाट प्राप्त हुने व्याजबाट हरेक वर्ष विद्यार्थीलाई पुरस्कृत गरिने थापाले बताए । ‘बाबुआमा अपांग भएकालाई विद्यार्थीलाई प्राथमिकता दिनेछौँ । अपांगता भएर जीविकाेपार्जनमा समेत समस्या भएको अभिभावकको छोराछोरीको शैक्षिक हितमा अक्षयकोषबाट प्राप्त हुने ब्याज लगानी हुन्छ’, उनले भने ।