फिरफिरेको ढुंगेनीमा बन्यो सामुदायिक भवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    फिरफिरेको ढुंगेनीमा बन्यो सामुदायिक भवन

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७८, शुक्रबार

    दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे ढुंगेनीमा सामुदायिक भवन निर्माण गरिएको छ । ढुंगेनी आमा समुहको अग्रसरतामा सामुदायिक भवन बनाईएको हो ।

    ४५ लाख रुपैयाँको लागतमा भवन बनाईएको भवन निर्माण उपभोक्ता समितिका उपाध्यक्ष निर्मल गुरुङले जानकारी दिए । उनका अनुसार साझेदारीमा शुक्लागण्डकी नगरपालिकाले पाँच लाख रुपैयाँ भवन निर्माणमा उपलब्ध गराएको थियो । वडा कार्यालयले पनि पाँच लाख रुपैयाँ बजेट दिएको गुरुङले जानकारी दिए । १७ लाख ४३ हजार १४३ रुपैयाँ आमा समुहले लगानी गरेको छ । देश विदेशमा रहेका स्थानीयसँग आर्थिक संकलन गरिएको १४ लाख २५ हजार १५१ रुपैयाँ पनि भवन निर्माणमा लगानी गरिएको छ ।

    पौबहादुर गुरुङले भवन निर्माणमा सबैभन्दा धेरै एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । तुलसी गुरुङले एक लाख एक हजार १०५ पाँच रुपैयाँ र मेखबहादुर गुरुङले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

    गाउँमा सामुदायिक भवनको निकै आवश्यकता खड्किएकाले निर्माण गरेको ढुंगेनी आमा समुहकी अध्यक्ष निर्मला गुरुङले बताईन् । ‘सबै गाउँको सामुदायिक भवन थियो । हाम्रो गाउँमा थिएन् । केही कार्यक्रम, भेला गर्नुप¥यो भने अरुको घरमा गएर गर्नपर्ने भएकाले भवन बनाएका हौँ’, उनले भनिन् । गाउँमा लाहुरे आएको बेला सांगीतिक कार्यक्रम गरेर उठाएको रकम आमा समुहको कोषमा थियो । त्यही कोषमा रहेको रकमसँगै नगरपालिका, वडा कार्यालय र सहयोगदातासँग उठाएको रकमले भवन बनाउन सफल भएको उनको भनाई छ । हल सहितको बहुउदेश्यि भवन बनेकाले गाउँमा हुने विवाह, पार्टी र भोजभतेरमा प्रयोग हुने उनले बताईन् ।