दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने र ४८ वर्षीया सुशीलादेवी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिशा थापा र ७ महिने बालिका विविशा थापा रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।