जीप दुर्घटनाको घटनाप्रति मन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जीप दुर्घटनाको घटनाप्रति मन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनाको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । जीप दुर्घटनामा छ जनाको निधन भएकामा दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले उक्त घटनाले स्तब्ध तुल्याएको जनाएका छन् ।

    दुःखको घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री श्रेष्ठले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।