देवघाटमा भक्तजनलाई प्रवेश दिइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा भक्तजनलाई प्रवेश दिइयो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट । तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वमा स्नानका लागि आएका भक्तजनलाई प्रवेश दिइएको छ । पैदलयात्रा मार्फत् आएका भक्तजनलाई शनिबार बिहान ८ः३० बजेदेखि प्रवेश दिइएको हो ।

    कोरोना कहरका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गर्ने भनिएपनि पैदलयात्रामार्फत् आउनेलाई प्रवेश दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए।

    माघे सङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा वर्षेनी लाखौ भक्तजन आउने गर्दछन् । तर यस पटक कोरोना महामारीका कारण भक्तजन घटेका छन् । “निकै कम मात्र भक्तजनलाई प्रवेश दिएका छौ, कोरोना जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर स्नान गर्न अनुरोध गरेका छौ,” उनले भने । उनका अनुसार सवारी साधनलाई भने देवघाट प्रवेशमा निषेध गरिएको छ ।

    तनहुँ र चितवनतर्फ गरी करिब पाँच हजार भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । “पाँच लाख भन्दा बढी भक्तजन आउने माघे सङ्क्रान्तिमा पाँच हजार निकै कम हो,” उनले भने ।

    देवघाट गाउँपालिका–५ स्थित त्रिशुली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।