फोहरमैला व्यवस्थापन अध्ययनका लागि व्यासका प्रतिनिधि वालिङमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    फोहरमैला व्यवस्थापन अध्ययनका लागि व्यासका प्रतिनिधि वालिङमा

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७८, मंगलवार

    दमाैली । व्यास नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी फोहरमैला व्यवस्थापनको अवलोकनका लागि स्याङ्जाको वालिङ र भिरकोट नगरपालिका पुगेका छन् । ल्याण्डफिल्ड साइडको समस्या भोग्दै आएको व्यासले फोहरमैला व्यवस्थापनका लागि वालिङ र भिरकोट नगरपालिकाको मङ्गलबार अध्ययन गरेको हो ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा पुगेको टोलीले फोहरमैला रिसाइक्लिङ केन्द्र र ट्रिटमेन्टर सेन्टरको अवलोकन गरेको थियो । सो अवसरमा फोहरमैला व्यवस्थापनको चुनौति एवं कार्यान्वयन प्रकृयाको बारेमा छलफल भएको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

    अध्ययन टाेलीमा उपप्रमुख मीरा जाेशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्षहरु, कर्मचारी सहभागी थिए ।