श्रममन्त्री श्रेष्ठ भन्छन् : आगामी निर्वाचनमा पनि विजयी हुन्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्री श्रेष्ठ भन्छन् : आगामी निर्वाचनमा पनि विजयी हुन्छु

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७८, बुधबार

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी निर्वाचनमा पनि आफू विजयी हुने दाबी गरेका छन् ।

    हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफ्नो पार्टी कुनैपनि हालतमा चुनावबाट नभाग्ने पनि जिकिर गरे । उनले आफू १३८ केजीबाट अहिले १३२ केजीमा झरेको सुनाए । आउने निर्वाचनमा उनले १०० केजीसम्म झर्ने पनि सुनाए ।

    उनले आफू अहिलेपनि छरितो र फुर्तिलो रहेको सुनाउँदै उड्छुजस्तो लागेको सुनाए । उनले आफूले जनताको पक्षमा काम गरेको सुनाए ।