दमाैली । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले २० बुँदे आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी माघ ५ गते राति १२ बजेदेखि लागु हुने गरी अर्को सूचना नभएसम्म आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाइएको छ । गोष्ठि, सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न, भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न साथै माघ ७ गतेदेखि खोपको पूरा मात्र लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्न आदेश गरिएको छ ।
सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लव, हेथ्ल क्लव, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरु भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेश जारी गरिएको छ ।
धामिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी जस्ता धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा पचास जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्न प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानीटाइजरको व्यवस्था गर्न, चालक तथा सहचालकलाई मास्क र फेसशिल्ड प्रयोग गर्न आदेशमा उल्लेख छ ।
आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रजिअ अर्यालले बताए ।
Scan2022-01-19_172611