संघीय सरकारको निर्देशन प्रदेश संसदद्वारा अवज्ञा, बन्दिपुरमा मापदण्ड विपरित कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संघीय सरकारको निर्देशन प्रदेश संसदद्वारा अवज्ञा, बन्दिपुरमा मापदण्ड विपरित कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७८, बिहीबार

    दमौली । संघीय सरकारको निर्देशन अवज्ञा गर्दै गन्डकी प्रदेश सभाको विधायन समितिले स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै तनहुँको बन्दिपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गन्डकी प्रदेशको विधायन समितिले प्रदेशको बालअधिकार सम्बन्धि कानुनको बारेमा सरोकारवालाको सुझाव संकलन गर्ने उद्देश्यले बुधबार
    बन्दिपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

    उक्त कार्यक्रममा २५ जना भन्दा बढिको सहभागिता रहेको थियो ।
    संघीय सरकारको गत पुस ३० गते बसेको मन्त्रीपरिषद बैठकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम, नियन्त्रण, निदान र उपचारकालागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्ने आदेश जारी गर्दै गोष्ठि, सेमीनार, समिक्षा बैठक जस्ता क्रियाकलापहरु सन्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने तथा भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि ऐन्टिजेन परिक्षण गरि रिर्पाेट
    नेगेटिभ आएका बढिमा २५ जना मात्र सहभागी रहने गरि सन्चालन गर्ने निर्णय गरेको थियो ।

    सरकारको उक्त आदेशको उल्लंघन गर्दै गन्डकी प्रदेशको विधायन
    समितिको आयोजनामा बन्दिपुरमा भएको उक्त कार्यक्रममा २५ जना भन्दा बढि सहभागी भएको बताईएको छ । उक्त कार्यक्रममा गन्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहित विधायन समितिमा
    रहेका १० जना सांसदहरु र केही मन्त्रालयका सचिवहरु तथा बालअधिकार सम्बन्धी सरोकारवाला तथा केही सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम स्थल भित्र २५ जना भन्दा बढि सहभागी भएको र त्यती नै संख्यामा सभामुख तथा सांसदका पिए, पिएसओ लगायतका अन्य सहभागी थिए । भर्चुअल रुपमा नै उक्त कार्यक्रम गर्न सकिने भएपनि सभामुख सहित सांसदहरुको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गरिँदा यसले कोभिडको जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा ५० जना भन्दा बढिको भिड जम्मा गरेर अधिकांशले मास्क समेत नलगाईकन निश्फिक्री घुमफिर गरेको बताए ।

    गन्डकी प्रदेश सभाको विधायन समितिका सभापती विष्णु लामिछानेले
    जनस्वास्थ्यको पुर्ण पालना गरेर कार्यक्रम आयोजना गरिएको दाबी गरे । होटलमा २५ भन्दा बढि बसेपनि कार्यक्रम हलमा २५ जना भन्दा बढि सहभागी नरहेको लामिछानेले दावी गरे । उक्त कार्यक्रममा सहभागी हुन सभामुख, सांसद तथामन्त्रालयका सचिवहरुको टोली मंगलबार साँझ नै बन्दिपुर गएको थियो । (लोकवाणी दैनिकबाट)