दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कोरोना विरुद्धको खोप लगाएको कार्ड साथमै लिनुहोला । प्रशासन कार्यालयले शुक्रबारदेखि खोप कार्ड हेरेर मात्र कार्यालय प्रवेश गर्न दिने भएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सरकारको मिति पुस ३० को आदेश र कार्यालयको माघ ५ गतेदेखि लागु भएको आदेश अनुसार कार्यालयमा प्रदान गरिने सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा खोपकार्ड देखाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।