काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिए ।
उनले अघि भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’
यद्यपि यसमै सन्तोष गरेर नबस्ने तथा विकास र समृद्धिको यात्रालाई थप गति दिने बताएका छन् ।
हेर्नुहोस् सम्बोधनको पूर्णपाठः
Adress-by-RH-PM-Deuba-to-nation