सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई एम्बुलेन्स निःशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई एम्बुलेन्स निःशुल्क

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७८, शनिबार

    दमौली । तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।

    गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स र सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद गरिएको उनले बताए ।

    दोस्रो लहरको कोरोना सङ्क्रमणका बेला पनि गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता खड्किएको थियो । “एम्बुलेन्स नहुँदा जनप्रतिनिधिले चढ्ने सवारीमा पनि कोभिड सङ्क्रमित बोक्यौ, तेस्रो लहरको कोरोना आइसकेकाले एम्बुलेन्सको अति आवश्यकता थियो”, उनले भने।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।