व्यास पिसीआर प्रयोगशालाका कर्मचारीमा कोरोना, एन्टिजेन मात्रै हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास पिसीआर प्रयोगशालाका कर्मचारीमा कोरोना, एन्टिजेन मात्रै हुने

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७८, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर कोभिड–१९ पिसीआर प्रयोगशालाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा कार्यरत चार मध्ये तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    प्रयोगशालाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि पिसीआर परीक्षण बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि एन्टिजेन परीक्षण विधिबाट मात्र कोरोना परीक्षण गरिनेछ ।

    नगरपालिकाले व्यास–१० दुम्सीस्थित कोभिड अस्पतालमा पिसीआर प्रयोगशाला सञ्चालन गरेको छ । प्रयोगशालाबाट माघ १ गतेदेखि निःशुल्क रुपमा पिसीआर परीक्षण हुँदै आएको थियो । “प्रयोगशालाकै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि केही समयका लागि पिसीआर परीक्षण बन्द गर्ने निर्णय भएको छ,” सोतीले भने ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।