दमाैली । पर्यटकीय तथा धार्मिक महत्व बोकेको कालिका मन्दिरसम्म जाने सिढी बाटो मर्मत कार्य सुरु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ रहेको कालिका मन्दिरसम्म जाने बाटोमा सिढी बाटो मर्मत थालिएको हो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रु ६ लाख बजेटबाट बाटो मर्मत गरिएको अध्यक्ष नर बहादुर थापाले जानकारी दिए । करिव एक किलोमिटर सिढी बाटो बनाउने लक्ष्य लिइएको हेरालु शिवराज कंडेलले बताए । दुई चरणमा गरेर काम गरिरहेको बताउँदै उनले बाटो मर्मतपछि हिँडडुलमा सहज हुने बताए ।
सदरमुकाम दमौली बजारबाट नजिकै रहेको कालिका मन्दिर उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट विनियोजित बजेटसँगै स्थानीयले श्रमदान पनि गरिरहेका छन् ।