व्यासका विद्यालयमा मोडर्ना खोप अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका विद्यालयमा मोडर्ना खोप अभियान

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७८, बिहीबार

    दमौली । व्यास नगरपालिका अन्तरगतका विद्यालयमा कोरोना विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन गरिने भएको छ । नगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागेको हो ।

    माघ १७ देखि २० गतेसम्म विद्यालयमै खोप अभियान चलाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। त्यसक्रममा पुस ८ देखि १३ सम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिइनुका साथै हालसम्म खोप नलगाएकालाई पनि पहिलो मात्राको खोप लगाइनेछ ।