


दमाैली । ऐतिहासिक स्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्रे सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्रे गरिएको सडकले केही समययता चर्चा कमाएको छ ।
सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयवासी समेत रहेका नेकपा एमाले व्यास–११ का वडाध्यक्ष सन्जय श्रेष्ठले जानकारी दिए ।
अन्य दिनको तुलनामा शनिबार सर्वसाधारणको बाक्लो भीडभाड हुने गरेको उनले जानकारी दिए । “आजमात्र तनहुँसुरमा दुई हजार भन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो,” उनले भने ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।