भिमाद । युवा क्लब भिमादका निवर्तमान कोषाध्यक्ष नरेन्द्र थापाले भिमाद क्रिकेट क्लबलाई खेलकुद सामग्री प्रदान गरेका छन् । भिमाद नगरपालिका-६ स्थित रंगशालामा आइतबार एक कार्यक्रमको आयोजना गरी क्रिकेट खेलका साम्री क्लबलाई प्रदान गरिएको युवा क्लब भिमादका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।
२५ हजार बराबरको ब्याट , हेलमेट, विकेट सेफ्टी प्याड , सेफ्टी गार्ड , पञ्जा , बल प्रदान गरिएको क्लबले जनाएको छ । युवाहरुको खेल कौशललाई वृद्धि गर्नका निम्ति , खेलप्रति आकर्षित गर्नका लागि सहयोग गरेको नगेन्द्र थापाले जानकारी दिए । सो अवसरमा क्लबका पूर्व पदाधिकारी तथा सल्लाहकार अरबिन श्रेष्ठ , गोपाल पराजुली , ज्ञानु थापा, सत्यभक्त पालिखेले आगामी दिनमा क्लबले सामाजिक गतिविधिमा समेत अग्रसर भएर लाग्नु पर्ने सुझाव दिए । यस्तै भिमाद क्रिकेट क्लबका सल्लाहकार विवेक पराजुलीले सहयोगदाता नरेन्द्र थापा साथै युवा क्लब भिमादलाई धन्यवाद गरेका थिए ।