दमौली । राष्ट्रिय युवा सङ्घ तनहुँले स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घका जिल्ला अध्यक्ष मदन तिमिल्सनाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत् सोमबार ज्ञापनपत्र बुझाउँदै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरिएको हो ।
लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नका लागि समयमै निष्पक्ष निर्वाचन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको सङ्घले जनाएको छ । अन्यथा युवा सङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।