मुग्लिङ–पोखरा सडक विस्तारको सरोकारवालाद्वारा अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मुग्लिङ–पोखरा सडक विस्तारको सरोकारवालाद्वारा अनुगमन

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७८, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँमा भइरहेको कार्यको जिल्लास्थित सरोकारवालाले अनुगमन गरेका छन् । राजमार्ग विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित खहरेखोलादेखि एक्लेफाँटसम्म भइरहेको कामको जिल्ला समन्वय समितिको नेतृत्वमा साेमबार अनुगमन गरिएको हो ।

    May be an image of 1 person and outdoors
    May be an image of 8 people, people standing and outdoors

    खहरेखोलादेखि एक्लेफाँटसम्मको सडक दायाँबायाँ रहेका रुख कटान, घाटगद्दी एवं अन्य कार्यको अनुगमन गरिएको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङ गुरुङले जानकारी दिए । “आयोजनाको कामले तीव्रता पाएको अनुगमनबाट देखिएको छ,” उनले भने ।

    May be an image of 6 people, people standing, tree and outdoors

    समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलको नेतृत्वमा भएको अनुगमनमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, समन्वय समितिका सदस्य निलबहादुर थापा, प्रवक्ता गुरुङ, डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले, आयोजना प्रमुख नरेन्द्र सुवेदी लगायतको सहभागिता थियो ।

    May be an image of tree and outdoors