साेनाम ल्हाेसारमा भोलि देशभर सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साेनाम ल्हाेसारमा भोलि देशभर सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७८, मंगलवार

    काठमाडाै । सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिइने निर्णय भएको गृह मन्त्रालयले सूचना मार्फत जानकारी दिएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।