जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७८, मंगलवार

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ ।

    मंगलबार आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताए ।

    यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।

    केहीबेरमा विज्ञप्ति निकाल्ने आयोगको तयारी छ ।