देवघाटमा अवैध काठ सहित एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा अवैध काठ सहित एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७८, बुधबार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठ सहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना २ च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले अवैध सालको काठ र जीप सहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    प्रहरीले ७४ थान अर्थात् ४८.९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ । काठ र जीप सहित चालकलाई आवश्यक कागजात सहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ ।