


दुलेगाैडा । पेट्रोलको मूल्य इतिहासकै उच्च भएपछि विरोध गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु शुक्लागण्डकी नगर कमिटी र भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार साँझ विरोध र्याली निकालेको हो । अनेरास्वियुमा संगठित विद्यार्थीहरुले पृथ्वी राजमार्गमा बाइक धकेल्दै पेट्रोल लगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकाे विराेध गरेका हुन् ।
विपीचोकबाट सुरु भएको धकेलेर गरिएको मोटरसाइकल ¥याली शुक्लागण्डकी नगरपालिका गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागीले ‘किताब किन्ने पैसा सकियो बस भाडामा, हेर्दा हेर्दै मुल्यवृद्धि पुगिसक्यो डाँडामा’, ‘हामी विद्यार्थी हो सरकार, तेरो एटिएम मेसिन हैन्’, ‘बाँच्न पाउने अधिकार सुनिश्चित गर’, जस्ता नारा लगाएका थिए ।
कोणसभामा बोल्दै अनेरास्वियु जिल्ला कमिटी तनहुँका सहसंयोजक महेन्द्र श्रेष्ठले पेट्रोलियम पदार्थको मुल्य तत्काल फिर्ता गर्न माग गरे । इतिहासकै उच्च मुल्य बनाएर देउवा सरकारले नालायकिपन देखाएको उनको आरोप छ ।
भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष सुरेश पौडेलले पेट्रोल हाल्ने पैसा नभएपछि बाइक धकेलेर सांकेतिक विरोध जनाएको बताए । उनले पेट्रोलिय पदार्थको मुल्य वृद्धिले सर्वसाधरण र विद्यार्थी मर्कामा परेकाले फिर्ता लिनुपर्ने उल्लेख गरे ।
कार्यक्रम संयोजक विवेक वाग्लेले सरकारले आफ्नै रेकर्ड ब्रेक गर्न सफल भएकोमा बधाई दिदै व्यंग गरे । कांग्रेसले पेट्रोलको मुल्य १४२ पु¥याएर शुसिल कोईराला प्रधानमन्त्री हुदाको रेकर्डलाई ब्रेक गर्न सफल भएको जनाए ।
नेपाल आयल निगमले मंगलबार रातिदेखी लागु हुने गरेर पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३÷३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मुल्य अहिलेसम्मकै उच्च हो ।
मंगलबार रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ कायम गरिएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढाएर १ हजार ९५ डलर तोकेको छ । खाना पकाउने एलपिजी ग्याँसको मूल्य घटबढ भएको छैन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।