दमाैली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपसचिव प्रदिपराज अधिकारीले अबको चुनावमा नेकपा एमाले पहिलो शक्तिको रुपमा उदाउने दावी गरेका छन् । स्थानीय चुनाव घोषणा पछि आम जनतामा उत्साह बढेको बताउँदै उनले चुनावमा एमाले पहिलो शक्तिको रुपमा उदाउने बताए ।
केपी ओली सरकारले मात्र नभई नेकपा एमालेका संघीय तथा प्रदेश सरकार र वडा सरकारमा रहेर एमालेका जनप्रतिनिधिले देखिने गरि काम गरेको उनको भनाई थियो । एमाले मात्र एकमात्र जनताको पार्टी भएको हुँदा एमालेमा जनताको लहर बढेको अधिकारीले बताए ।
नेकपा एमाले व्यास नगर वडा नं ५ द्वारा मंगलबार आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । वडा कमिटी अध्यक्ष राजकुमार श्रेष्ठ विविको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य भिमबहादुर विक, नगर कमिटीका अध्यक्ष वीरेन्द्रबहदुर अधिकारी लगायतले बोलेका थिए ।