सत्तारुढ दल नेकपा एसले दमौलीमा एमसिसिको विरोध गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सत्तारुढ दल नेकपा एसले दमौलीमा एमसिसिको विरोध गर्ने

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, बिहीबार

    दमाैली । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी तनहुँले एमसिसिको विरोधमा दमौलीमा विरोध प्रदर्शन गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीले फागुन १ गते दमौलीमा एमसिसिको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

    कार्यक्रमको तयारीका लागि उक्त पार्टीको बिहीबार बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा एसका पोलिटव्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठले कार्यक्रमलाई भव्य बनाउनुपर्ने बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य कलिला खान, उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव श्रीराम कार्की लगायतले बोलेका थिए ।