ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको दमौलीमा शाखा सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको दमौलीमा शाखा सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, बिहीबार

    दमौली । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले तनहुँमा पनि शाखा विस्तार गरेको छ । व्यास नगरपालिका–२ सफासडकमा शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको १६ औं शाखा हो । समृद्धीको लागि सहकार्य भन्ने नारा लिएको यस बैंकको केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको छ ।

    सहर र गाउँ दुवैलाई सरल र छिटो प्रक्रियाबाट बैंकिङ सेवा उपलब्ध गराउने दमौली शाखाका प्रबन्धक सुदीप न्यौपानेले जानकारी दिए । आवास, गाडी, शिक्षा, व्यापार, कृषि फर्म साना तथा मझौला उद्यमी कर्जा पक्रिया पुगेको दुई दिन भित्रै प्रदान गरिने न्यौपानेले बताए । ‘सहरमा मात्रै केन्द्रीत नभई निम्न आय स्तर भएका तथा उद्यम गर्न चाहने युवा वर्गलाई सहज र सरल तरिकाबाट ऋण प्रवाह गर्छौ’ प्रबन्धक न्यौपानेले भने । बैंकमा शुन्य मौजातमा पनि खाता खोल्न सकिनेछ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।