दुधपोखरी गाउँपालिकाद्वारा महिला लक्षित आयोग तयारी कक्षा सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दुधपोखरी गाउँपालिकाद्वारा महिला लक्षित आयोग तयारी कक्षा सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७८, शनिबार

    लमजुङ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लामा रहेको दूधपोखरी गाउँपालिकाले आगामी चैत्र महिनामा हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको छ ।

    गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले शिक्षामा स्थानीय शिक्षकको भूमिका महत्वपूर्ण रहने र बाहिरबाट आउने जाने शिक्षक हुने गरेका जसका कारण शिक्षा क्षेत्र एवं विद्यालयको पठनपाठन समेत प्रभावित भएकाले स्थानीय करार र राहत शिक्षकहरुलाई आयोगमा सफल गराउन यो प्रयास थालिएको जानकारी गराएकी छन् ।

    महिला शिक्षकलाई प्रोत्साहन गर्न महिला लक्षित तयारी कक्षा सञ्चालन गरिएको जसले अस्थायी, करार, राहत शिक्षकहरू विस्तापित नगराई स्थायी सेवामा प्रवेश गराउन सफलता मिल्ने विश्वास व्यक्त गरी गरिएको छ ।

    दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले शिक्षकहरूको सफलताका लागि गाउँपालिकाले महत्वपूर्ण निर्णय गरी कार्यक्रम सञ्चालन गरेकाले पालिकाको अपेक्षा समेत पूरा हुनेगरी तयारीमा लाग्न थप उत्प्रेरणा मिलोस भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    शिक्षा शाखा प्रमुख सुशील नरालले शिक्षाको विकासका लागि शिक्षक स्वयम खटिनुपर्ने र त्यसका लागि शिक्षकको आफ्नै स्थायित्व महत्वपूर्ण हुने भएकाले समय सान्दर्भिक आयोग तयारी महत्वपूर्ण ठानी नेपालकै एक पृथक एवं नमुना कार्यक्रमको रुपमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार पालिकामा कार्यरत अस्थायी, करार, राहत करिब ७५ जना शिक्षकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।