तनहुँ अदालतको सबै सेवा फागुन १ बाट सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालतको सबै सेवा फागुन १ बाट सुचारु

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७८, शनिबार

    दमौली । कोरोना जोखिमका कारण स्थगित गरिएको तनहुँ अदालतका सेवा फागुन १ देखि सुचारु हुने भएको छ । न्यायाधीश र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ १३ देखि स्थगित गरिएका सबै सेवा आइतबारदेखि सुचारु हुने भएको हो ।

    सेवा सङ्कुचन अवधिमा म्याद तारेख परेका व्यक्तिहरुले सेवा सञ्चालन भएका मितिले एक महिनाभित्र उपस्थित भइ सेवा लिन अदालतले अनुरोध गरेको छ ।