प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा ७० सैनिक लिबिया प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा ७० सैनिक लिबिया प्रस्थान

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७८, मंगलवार

    काठमाडौ । संयुक्त राष्ट्रसंघको आव्हानमा  लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शान्ति सैनिक  रहेका छन् । सो टोली काठमाण्डौबाट शनिबार मिसन ईलाकातर्फ प्रस्थान गरेको हो । हाल तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफालाई बदली गर्न उक्त टोली त्यसतर्फ गएको हो । 

    विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्त्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

    कोभिड–१९ सङ्क्रमणको जोखिममा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।