दमौली । एमसिसीको विरोधमा छ दलीय मोर्चाले आव्हान गरेको नेपाल बन्दका कारण बुधबार दमौलीमा बजार बन्द भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका पार्टीले आव्हान गरेको बन्दका कारण बजार बन्द भएको हो ।
बन्दका कारण न्यून रुपमा सार्वजनिक यातायातका सञ्चालन भएका छन् । निजी सवारी साधन भने सञ्चालन भइरहेको छ । मुख्यचोकमा प्रहरी सुरक्षा बढाइएको छ । बन्दका कारण जिल्लामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।