च्याउ खेतीमा रमाउँदै शारदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    च्याउ खेतीमा रमाउँदै शारदा

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७८, बुधबार

    दमाैली । विगत १० वर्षदेखि च्याउ खेती गर्दे आएका व्यास नगरपालिका वडा नं ५, पतेनी निवासी शारदा कुमालको अहिलको दैनिकी नै च्याउ खेती वनेको छ । उत्पादनमा जोड दिने शारदा तीन वटा टनेल मार्फत व्यवसायिक च्याउ खेतीमा लागेकी हुन् । सानो लगानीबाट शुरु गरेको च्याउ खेती अहिले आएर आम्दानीको प्रमुख श्रोत बनेकाे छ ।

    दुई वटा टनेलमा करिव ६०० घार च्याउ रहेको शारदाले च्याउ किन्न घरमा नै आउने गरेको बताइन्धे । धरै च्याउ तनहुँको सदरमुकाम दमौलीमा नै खपत हुने उनले बताइन्। पराललाई उसिनेर बनाउने कन्ने च्याउ खेती स्वास्थ्यका लागि फाइदाजनक रहेकाे उनी बताउँछिन् ।

    कृषि ज्ञान केन्द्र तनहुँले च्याउ खेती गर्नका लागि टनेल निर्माणका लागि रु १ लाख अनुदान दिएपछि थप व्यवसायिक बनेकाे उनकाे भनाई छ । च्याउ प्रति केजी दुई सय रुपैयामा विक्री हुने गरेकाे छ । उनले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेकी छन् ।