दमौली । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा बिहीबारदेखि दमौलीमा चौथो मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।
क्लवका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कृष्णराज घिमिरे, कुलबहादुर थापा लगायतले बोलेका थिए ।
९ गतेसम्म सञ्चाल हुने प्रतियोगिता अन्तरगत ५ र ६ गते सि लेभलका खेल सञ्चालन हुनेछ भने ७ देखि ९ सम्म ए, वि लेभल र महिला जोडीकौ खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए ।